सोनाम ल्होछारको अवसरमा निजगढमा माघ २८ गते सार्वजनिक विदा दिने निर्णय
वि.सं.२०८० माघ २६ शुक्रवार ११:४५
4.69K
shares

बारा–बाराको निजगढ नगरपालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा बसेको निजगढ नगर कार्यपालिकाका शुक्रबार बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको वडा अध्यक्ष सुर्य घलानले जानकारी दिए ।
तामाङ समुदायले मन्जुश्री संवद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्ग २७ माघमा मनाउँदैछन् । नगरपालिकाले भोलिपल्ट सार्वजनिक विदा दिन लागेको हो ।

नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति बाराका अध्यक्ष समेत रहेका वडा अध्यक्ष घलानले विदा दिने निर्णयको स्वागत गरेका छन् ।
निजगढ नगरपालिकाले तत्कालीन मेयर सुरेश खनालकाे कार्यकालदेखि ल्होछारको अवसरमा सार्वजनिक विदा दिदै आएको छ ।
वि.सं.२०८० माघ २६ शुक्रवार ११:४५

















