skip this farak Kura Pravakar

नव वर्ष, २०८१ को अवसरमा जीतपुरसिमराका मेयर राजन पौडेलको शुभकामना !

2.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–आज नव बर्ष २०८१ साल प्रारम्भ भएको छ । नेपाली जनसमुदायले मनाउने सबैभन्दा ठुलो नयाँ वर्षका रुपमा मनाउँछन् ।

नयाँ वर्षको अवसरमा तीनै सरकारका प्रमुख तथा पार्टी प्रमुख, संघसंस्थाका प्रमुखहरुले शुभकामना सन्देश प्रकाशित गरेका छन् ।

नयाँ वर्षको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले शुभकामना सन्देश प्रकाशित गर्दै जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु, एकता एवं भातृत्वका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त व्यक्त गरेका छन् ।

नयाँ वर्षको आगमनसँगै उपमहानगरपालिकको समृद्धि र चौतर्फी विकासका लागि नविनतम् सोच, शैली र योजना सहित अगाडि बढन् हामी सबैका लागि यो वर्ष उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ–उपमहानगरपालिकाको प्रमुखको हैसियतले सम्पूर्ण जीतपुरसिमरावासी एवं नेपाली जनताहरुको सृजनात्मक, परिणाममुखी, दिगो विकास र आर्थिक समृद्धिमूलक सल्लाह, सुझाव र सहकार्यको अपेक्षा गरेको छु साथै उपमहानगरका सम्पूर्ण गतिविधिहरुमा समाहित हुन नयाँ वर्षले सबैमा थप उर्जा दिने विश्वास लिँदै उक्त अभियानमा सामेल हुन आफू स्वयम् सधैं तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

अन्तमा, नव वर्ष २०८१ ले समग्र देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित भौगोलिक, राजनीतिक, सामाजिक, साँस्कृतिक एवं आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास‚ कुरीति एवं कुसंस्कारहरूलाई हटाउँदै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु, सन्देशमा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630