skip this farak Kura Pravakar

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिती सडकटोलको रक्तदानमा ४६ पाउन्ट रक्त संकलन

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–६ सडकटोलस्थित श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा शनिबार भएको रक्तदान कार्यक्रममा ४६ पाउन्ट रक्त संकलन भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर युवा परिषद् निजगढले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिलासहित ४६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

दुव्र्यशन त्यागौं, सेवामुखी बनौ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी वीरगंज पर्साको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य तथा परिषद बारा पर्सा इन्चार्ज एवम परिषद वैदेशिक रोजगार बिभाग प्रमुख दिपक सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्री कृष्ण प्रणामी मन्दिर निजगढ न.पा.–६ सडकटोलको प्रणामी नगरमा एक महिने बित्तकवाचक शास्त्री घनश्याम अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, श्री कृष्ण प्रणामी युवा परिषद् मधेस प्रदेशका उपाध्यक्ष शंकलन तिमल्सिना, श्री श्रीकृष्ण प्रणामी युवा परिषद् मधेस प्रदेश सचिव उमेश सापकोटाको आतिथ्यता रहेको थियो ।

त्यस्तै श्री कृष्ण प्रणामी युवा परिषद् श्री कृष्ण प्रणामी सेवा समिति जिल्ला अध्यक्ष अर्जुन प्रसाद घिमिरे, श्री कृष्ण प्रणामी युवा परिषद् बारा जिल्ला अध्यक्ष मोहन सापकोटा, श्री कृष्ण प्रणामी युवा जिल्ला निवर्तमान अध्यक्ष सुमन सुवेदी, श्री कृष्ण प्रणामी युवा परिषद् बारा जिल्ला सचिव दीपक बजगाई, श्री कृष्ण प्रणामी मन्दिर सडकटोल सञ्चालक समितिका अध्यक्ष यादवकुमार तिमल्सिना, श्री कृष्ण प्रणामी मन्दिर सडकटोल निजगढ का सञ्चालक समिति सचिव भीमप्रसाद सापकोटा, श्री कृष्ण प्रणामी मन्दिर निजगढ बाइजुराज महिला मण्डली अध्यक्ष कमला अर्याल लगायतको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।

बृहद खुल्ला रक्तदान कार्यक्रम प्रारम्भिक समितीका अध्यक्ष जिमनाथ बन्जाराको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन तथा ब्यावस्थापन कार्यक्रम संयोजक कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती सडकटोल –६ निजगढका सचिव ईश्वर सापकोटाले गरेका थिए ।

nijgadh-supermart-adz1200-630