skip this

तेस्रो ल्होछार कप : वीरगंज युनाइटेड र बेङ्गखाडि महोत्तरी क्वाटरफाईनल प्रवेश

762 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ– वीरगंज युनाइटेड र बेङ्गखाडि महोत्तरी तेस्रो ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

निजगढ–१० लालस्थित बुद्दचोक मिनि रंगशालामा योङ्ग स्टार युनाइटेड क्लबले आयोजना भईरहेको प्रतियोगिताको शनिबार भएको खेलमा अल्टोकी युवा क्लब, पौराही रौतहट (निलो जर्सी) लाई पराजित गर्दै वीरगंज युनाइटेड क्लब (रातो जर्सी) क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै हिमाल युवा क्लब (रातो जर्सी) लाई पराजित गर्दै बेङ्गखाडि युवा क्लब, महोत्तरी (आकाशे जर्सी) क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

तेस्रो दिनको पहिलो खेलमा रौतहटलाई खेलको पहिलो हाफको नवौं मिनेटमै वीरगंज युनाइटेडको तर्फबाट जर्सी नं.७ का खेलाडी सागर चौधरीको पहिलो सुरुवाती गोल सङ्गै पुनः खेलको १३ औं मिनेटमा रौतहटको तर्फबाट जर्सी नं.१७ का खेलाडी सुरेन्द्र चौधरीको १ गोलसङ्गै पुनःपहिलो हाल्फको निर्धारित समयको अन्तपछि थप २ मिनेटको समयमा वीरगंज युनाइटेडका जर्सी नं.२७ का खेलाडी बिपिन मगरले १ गोल प्रहार गर्दै अगाडी बढेको खेलमा पुनः खेलको दोश्रो हाफको ५२ औं मिनेटमा वीरगंजको तर्फबाट जर्सी नं. ७ का खेलाडी सागर चौधरीले १ गोल थपेको बिरगंजकै तर्फबाट खेलको ५३ औं मिनेटमा जर्सी नं.१० का खेलाडी बिबेक चौधरीले १ गोल प्रहार गर्दै पौराही रौतहटलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको म्यान अफ द म्याच २ गोल प्रहार गर्न सफल जर्सि नं. ७ का खेलाडी सागर चौधरीलाई अवतार साकोसका अध्यक्ष अवतार लामा र योङ्ग स्टार युनाइटेड क्लबका पुर्व अध्यक्ष सिद्धार्थ लोप्चनले नगद तथा ट्रफि हस्तान्तरण गरेका थिए ।

त्यस्तै दोस्रो खेल बेङ्गखाडि युवा क्लब,महोत्तरी आकाशे जर्सी भर्सेस हिमाल युवा क्लब रातो जर्सी बीच भएको प्रतिस्पर्धात्मक खेलमा खेलको दोश्रो हाफको सुरुवाती समयमै जर्सी नं. १० का खेलाडी सुदिप आलेले प्रहार गरेको एक मात्र गोल निर्णायक बन्यो ।

दोस्रो खेलको म्यान अफ द म्याच हुन सफल बेङ्गखाडि, महोत्तरी जर्सी ८ का खेलाडी मनिश आलेलाई नमुना खबर टिभि डट कमका प्रबन्धक पवन वि.क. र स्थानीय समाजसेवी ज्ञान बहादुर मोक्तानले नगद तथा ट्रफि हस्तान्तरण गरेका थिए ।

त्यस्तै चौथौं दिन आईतबार पहिलो खेल मकवानपुर–११ भर्सेस निजगढ युवा क्लब, निजगढ–४ बीच दिउँसो ००ः०१ बजे प्रतिस्पर्धा हुनेछ भने

त्यस्तै सोही दिनको दोस्रो क्वाटरफाईनलको पहिलो खेल योङ्ग स्टार युनाइटेड क्लब आयोजक घरेलुु टिम भर्सेस एभरेस्ट एकेडेमी लालबन्दी सर्लाही बीच अपरान्ह ०३ः०० बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख दुई हजार दुई सय दुई रुपैँया र उपविजेताले एक लाख एक हजार एक सय एक रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।

nijgadh-supermart-adz1200-630