skip this

निजगढमा दिगो वन व्यवस्थापन सम्बन्धी तालीम सञ्चालन

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढमा वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

मधेस प्रदेश वन तथा वातावरण मन्त्रालय मातहत डिभिजन वन कार्यालय, बारा अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी उपभोक्ताहरूलाई दिगो वन व्यवस्थापनबारे जानकारी गराइ बन संरक्षण, संवद्र्धन, विकास, व्यवस्थापनका लागि तालिम सञ्चालन गरिएको निजगढ सव डिभिजन कार्यालय प्रमुख रेन्जर पोखरेलले बताए ।

डिभिजन वन कार्यालय, बारा मातहतका निजगढ सव डिभिजन कार्यालय अन्तर्गतका ४ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरू तालिममा सहभागि छन् ।

सामुदायिक वन महासंघ बाराका अध्यक्ष रामजी बजगाई प्रशिक्षण दिदै । तस्विर : महेश्वर अधिकारी

डिभिजन वन कार्यालय, बाराका प्रमुख राजीवकुमार झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजगढ सव डिभिजन कार्यालय प्रमुख रेन्जर पोखरेल, मधेस प्रदेश वन तथा वातारण मन्त्रालय, जनकपुरधामका रेन्जर क्षितिज पौडेल, सामुदायिक वन महासंघ बाराका अध्यक्ष रामजी बजगाई, निजगढ नगरपालिका वन तथा वातावरण शाखा प्रमुख अनिल कोइरालाले प्रशिक्षण दिएका थिए ।

nijgadh-supermart-adz1200-630