skip this

शिक्षकलाई सम्मानपुर्वक विद्यालयमा फर्काउने व्यवस्था मिलाउन सरकारसँग बारागढी अध्यक्षको अपील

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–शिक्षकलाई सम्मानपुर्वक विद्यालयमा फर्काउने व्यवस्था मिलाउन सरकारसँग बारागढी गाउँपालिकाले अपील गरेको छ ।

गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले मंगलबार एक अपील प्रकाशित गर्दै शिक्षक कर्मचारीहरुको जायज एवम् संविधानसम्मत मागहरुको सम्बोधनको सुनिश्चितता गरी शिक्षक तथा कर्मचारीहरुलाई सम्मानपुर्वक विद्यालयमा उपस्थित गराईदिनहुन नेपाल सरकार समक्ष सादर अनुरोध गरेका हुन् ।

शिक्षक, कर्मचारीको आन्दोलनका क्रममा काठमाण्डौं रहदा विद्यार्थी भर्ना अभियानको समय सकिसक्दा पनि विद्यार्थी भर्ना भई पाठ्यपुस्तक वितरण समेत हुन नसकेको र जसको कारण विद्यार्थीहरुले पढ्नपाउने नैसर्गिक अधिकारको हनन् हुनुको साथै सिकाईमा समेत क्षति आउनसक्ने अवस्था प्रति अध्यक्ष जयसवालले चिन्ता व्यक्त गरेका छन् ।

म्पूर्ण शिक्षक तथा कर्मचारी ज्यूहरु आन्दोलन शैलिमा केही परिवर्तन गरी विद्यालयमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण तथा पठनपाठनको व्यवस्था मिलाइदिनु हुन समेत अनुरोध गरेका छन् ।

nijgadh-supermart-adz1200-630