skip this farak Kura Pravakar

नेपाल राष्ट्रिय मगर संघले साउनको ३० र ३१ गते तेस्रो अधिवेशन गर्ने

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय मगर संघले आगामी साउनको ३० र ३१ गते तेस्रो महाधिवेशन गर्ने भएको छ ।

संघको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी कार्यालय सानेपामा महाधिवशेन गर्ने टुंगो लगाएको हो ।

तेस्रो महाधिवेशनका लागि ‘जागरण, रुपान्तरण र मगर एकता’ नारा तय गरिएको संघका राष्ट्रिय मगर संघका अध्यक्ष दिनेश थापामगरले जानकारी गराए ।

प्रदेश अधिवेशन हुन बाँकी बागमती, लुम्बिनी, मधेश प्रदेश र सुदुरपश्चिम अधिवेशन जेठ मसान्तभित्र सक्ने निर्णय गरिएको छ ।

अधिवेशनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले रिक्त केन्द्रीय सदस्यमा जगत रानामगर र सरिता रानामगरलाई मनोनित गर्ने निर्णय गरेको छ ।

nijgadh-supermart-adz1200-630