skip this farak Kura Pravakar

रिचार्ज पोखरी निर्माणको लागि निजगढ नगरपालिकाले सामुदायिक वनलाई बजेट दिने, प्रस्ताव पेश गर्न आग्रह

Nijgadh Municipality to provide budget to Community Forest for construction of recharge pond

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार वन क्षेत्रमा जैविक विविधता संरक्षण, पशुपन्छीका लागि आवश्यक घाँसको संरक्षण, प्राकृतिक स्रोतको संरक्षण तथा सानातिना रिचार्ज पोखरी निर्माणका लागि सामुदायिक वन उपभोक्ता समूहहरूलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले सूचना प्रकाशित गर्दै निजगढ नगरपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

प्रस्ताव पेश गर्दा समावेश गर्नुपर्ने कागजातहरू निम्नानुसार छन् :

१. सामुदायिक वन उपभोक्ता समूह दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. स्थायी लेखा नम्बर प्रमाण–पत्रको प्रतिलिपि
३. आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन
४. प्राविधिक तथा आर्थिक प्रस्ताव (साइट स्पष्ट हुने लोकेसनसहित)
५. कार्यक्षेत्रभित्र रिचार्ज पोखरीको आवश्यकताको पहिचान भएको विवरण
६. समितिको बैठकको निर्णयको प्रतिलिपि
७. वडा कार्यालयको सिफारिस

nijgadh-supermart-adz1200-630