skip this farak Kura Pravakar

निजगढ वडा नं.९ मा महिलाहरुलाई लक्षित गर्दै बाटेको धुप तालिम सञ्चालन हुने

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिकाको वडा नं. ९ कार्यालयले महिला लक्षित कार्यक्रम अन्तर्गत २५ जना महिलालाई लक्षित गरी “बाटेको धुप तालिम” आयोजना गर्न लागेको छ ।

वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरिन लागेको उक्त तालिम निशुल्क हुनेछ ।

तालिममा सहभागी हुन इच्छुक महिलाहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र वडा नं. ९ मा विवाह भएर आएकाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र निवेदन दर्ता गर्न अनुरोध गरिएको छ ।

तालिम ७ दिने हुनेछ र सहभागी महिला संख्या २५ जनामा सीमित रहने जनाइएको छ।

तालिममा सहभागी हुन आवश्यक कागजातहरू:

१. नेपाली नागरिकताको प्रतिलिपि – १ प्रति
२. वडा नं. ८ मा विवाह भई आएकाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
३. तालिम अवधि – ७ दिन

वडा अध्यक्ष रामचन्द्र कटुवालले प्रकाशित गरेकाे उक्त सूचनाले महिलाहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

nijgadh-supermart-adz1200-630