गठित आयोगको प्रतिवेदन सार्वजनिक हुने दिन सार्वजनिक बिदा घोषणा
वि.सं.२०८२ जेठ २७ मंगलवार १३:४२
927
shares

जनकपुरधाम–मधेश प्रदेश सरकारले आयोगद्वारा प्रस्तुत प्रतिवेदन सार्वजनिक हुने दिनलाई अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनाअनुसार, मधेश प्रदेश सरकारको मिति २०८२ चैत्र २२ गतेको निर्णय र मधेश राजपत्रमा प्रकाशित सूचनाका आधारमा २०८२ सालको बिदा सूचीमा समावेश सार्वजनिक बिदा अन्तर्गत २०८२/०२/२८ गते बुधवारको दिन सार्वजनिक बिदा हुनेछ ।

यो बिदा मधेश आन्दोलन सम्बन्धी गठित आयोगले प्रतिवेदन बुझाएको दिनलाई स्मरण गर्दै प्रदान गरिएको हो। मन्त्रालयले सम्बन्धित सबै कार्यालय तथा जनसाधारणलाई यो जानकारी सार्वजनिकरूपमा जानकारी गराइएको बताएको छ।
वि.सं.२०८२ जेठ २७ मंगलवार १३:४२

















