दुग्ध उत्पादन वृद्धि र किसान सशक्तिकरणको साझा अभियान सुरु
वि.सं.२०८२ असार २८ शनिवार १९:०५

बारा—साना किसानहरूको जीवनस्तर उकास्न र दुग्ध उत्पादनमा सुधार ल्याउन उद्देश्यसहित संयुक्त मिशन नेपाल र बागदेव डेरीको सहकार्यमा नयाँ परियोजना संचालनमा ल्याइएको छ। उक्त परियोजना निजगढ नगरपालिकाको अगुवाइमा नगरप्रमुख सुरथ पुरीको सक्रिय सहभागितामा अघि बढाइएको हो।
दुग्ध उत्पादन तथा वितरण प्रणालीमा सुधार र किसान सशक्तिकरणका लागि आयोजित छलफल कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, संयुक्त मिशन नेपालका जीविकोपार्जन क्षेत्र प्रमुख मेल्सन श्रेष्ठ, कोष व्यवस्थापक अरुण बेलबासे, वडा नं। ५ का वडाध्यक्ष सुर्य बहादुर थापामगर, बारा जिल्ला दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष पुरुषोत्तम भट्टराई तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले दुग्ध क्षेत्रलाई दीर्घकालीन रूपमा समृद्ध बनाउने रणनीति, साना किसानको प्रत्यक्ष सहभागिता, बजार पहुँच विस्तार, प्रविधिको प्रयोग, तथा सहकार्यको सुदृढीकरणबारे विचार आदानप्रदान गरेका थिए ।
संयुक्त मिशन नेपाल र बागदेव डेरीले कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा परियोजनालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
वि.सं.२०८२ असार २८ शनिवार १९:०५
















