skip this farak Kura Pravakar

निजगढकी एमाले नेतृ अन्जु नेपालीलाई मातृ शोक

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवम् अखिल नेपाल महिला संघ मधेश प्रदेश कमिटी अध्यक्ष अन्जु नेपालीलाई मातृशोक परेको छ ।

नेकपा (एमाले) निजगढ नगर कमिटी सदस्य भीमबहादुर नेपाली (सुमन) र सुनिल नेपालीकी ममतामयी माता समेत रहेकी ईश्वरी देवी नेपालीको ६७ वर्षको उमेरमा विहीबार निधन भएको हो ।

क्यान्सरबाट पीडित रहेकी नेपालीको काठमाण्डौंमा लामो समयसम्म उपचार भएपनि बचाउन नसकिएको छोरी अन्जुले बताईन् ।

नेपालीको अन्तिम दाहसंस्कार बकैया घाटमा सम्पन्न गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेताहरुले शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630