skip this farak Kura Pravakar

उखु किसानलाई सरकारको धोका ! बारामा मंगलबारदेखि आन्दोलनकाे तयारी

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-सरकारले तोकेको उखु अनुदान रकम नपाएपछि बारा र पर्साका उखु किसान आन्दोलनमा उत्रिन लागेका छन्।

नेपाल सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले दिने भनेको अनुदान रकम अझै नपाएको भन्दै उखु उत्पादक किसान संघ, बाराले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो।

संघका अध्यक्ष बिरेन्द्र कुशवाहाले साउन २० गते मंगलबार दिउँसो ३ बजे रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रीज, श्रीपुर, बारामा भेला भई आन्दोलन गर्ने जानकारी दिएका छन्। उनले सरकारले तोकेको दरमा अनुदान रकम उपलब्ध नगराएसम्म किसानको आवाज बुलन्द पार्दै शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

अघिल्ला सहमति कार्यान्वयन भएनन्

यसअघि उखु किसानले सरकारसँग पटक–पटक आन्दोलन र वार्ता गरेर बक्यौता तथा अनुदान रकम भुक्तानी गराउने सहमति गरेका थिए। २०७७ सालमा पनि देशव्यापी आन्दोलनपछि सरकारले उखु किसानलाई भुक्तानी दिने प्रतिवद्धता जनाएको थियो। तर किसानले अझै सम्पूर्ण रकम पाउन सकेका छैनन्।

संघका अनुसार सरकारसँग सहमति भएअनुसार पनि किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम बाँकी छ, जसको भुक्तानी नहुँदा किसान आर्थिक संकटमा परेको दाबी गरिएको छ। बारा र पर्सामा करिब २५ हजार किसानले व्यावसायिक रूपमा उखु खेती गर्दै आएका छन्।

संघले आन्दोलनलाई पूर्णतः शान्तिपूर्ण बनाइने जनाएको छ र सबै किसानलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

nijgadh-supermart-adz1200-630