जीतपुरसिमराकी ४० वर्षीया महिला एक महिनादेखि बेपत्ता, खोजीमा सहयोगको आग्रह
वि.सं.२०८२ साउन २१ बुधवार ०८:२६
1.25K
shares

बारा-बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ का सिताराम महतोकी पत्नी, अन्दाजी ४० वर्षीया निता महतो बिगत एक महिनादेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार निता महतो अन्तिम पटक हरपुर बलुवा क्षेत्रमा देखिएकी थिइन्। केही दिनअघि उनी कलैयामा समेत देखिएको जानकारी आएको भए पनि हालसम्म उनी घर फर्किन नसकेको बताइएको छ।
परिवारले निताको मानसिक सन्तुलन कमजोर रहेको र विशेष निगरानी आवश्यक पर्ने अवस्थाको भएकाले खोजीमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन्।
यदि कसैले निता महतो देख्नु भएमा नजिकको प्रहरी चौकी वा परिवारलाई ९८११२४५२२६ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।
वि.सं.२०८२ साउन २१ बुधवार ०८:२६
















