ईश्वरी सिंहको भावना : तिम्रो बन्न न सकेर आँसु पो झारेछु
वि.सं.२०७८ माघ ८ शनिवार ०९:२१
3.63K
shares

- ईश्वरी सिंह
खोलाको किनारमा बसेर,
पानीको गहिराई नाप्न खोजें ।
नाप्न न सकेर डुब्न पो पुगेछु ।
पानीको गहिराईमा डुबेर,
मायाको गहिराई नाप्न खोजें ।
नाप्न न सकेर श्वास पो रोकेछु ।
आँखाको हेराईमा डुबेर,
आशाको पर्खाइ रोज्न पुगें ।
रोज्न न जानेर जल्न पो पुगेछु ।
स्पर्शको पर्खाइमा बेरेर
दिलको पराइ बन्न पुगें ।
तिम्रो बन्न न सकेर आँसु पो झारेछु ।
- भरतपुर, चितवन
वि.सं.२०७८ माघ ८ शनिवार ०९:२१
















