skip this farak Kura Pravakar

सिंगाैलमा आज दिउँसो तीज विशेष सांस्कृतिक कार्यक्रम हुने

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-हरितालिका तीजको अवसरमा निजगढ नगरपालिकाको वडा नं. ३ मा भव्य तीज विशेष सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको छ ।

जनएकता टोल विकास संस्थाको आयोजनामा हुने सो कार्यक्रममा चर्चित लोक गायक नवराज घोरसैनीसहित गायक नवराज राउत, गायिका प्रमिला आले लगायत स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रम जनएकता टाेलस्थित दुई तल्ले प्रतिक्षालय परिषारमा दिउँसो २ बजेदेखि सुरु हुने वडा अध्यक्ष गोकुल तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रममा विविध नृत्य तथा सांस्कृतिक प्रस्तुति सहित महिलाहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

सो कार्यक्रमलाई वडा कार्यालय नं. ३, निजगढ नगरपालिकाले सहयोग गर्ने भएको आयोजक समितिले जनाएको छ ।

nijgadh-supermart-adz1200-630