निजगढ नगरपालिका लयमा फर्काउन जनप्रतिनिधि आफै मैदानमा उत्रिए (फोटोफिचर)
वि.सं.२०८२ असोज १ बुधवार २२:३३

बारा– निजगढ नगरपालिका लयमा फर्काउन जनप्रतिनिधि आफै मैदानमा उत्रिएका छन् ।
जेनजी आन्दोलनका निजगढ नगरपालिकाको प्रशासनिक भवनमा लगाईएको आगजनीले अधिकांश सामाग्री खरानी भएको छ ।
आगोले जलेका भत्किएका सामग्री, धातु, प्लास्टिक र जलिएका सामानको नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी, मिलेर पहिलो चरणको सरसफाइ गरिएको छ ।
नगरपालिकाबाट जाताले पाउनुपर्ने सेवा प्रवाहलाई क्रमशः सामान्य अवस्थामा ल्याईदै छ । केही दिनदेखी अतिआवश्यक सेवा नगरपालिकाको पार्किङ स्थलबाट उपलब्ध गराउदै आएकोमा अब नगरपालिकाको कम क्षती भएको कोठाबाट संचालनमा ल्याईने अवस्थामा पुगेको छ ।
भवनको कुनैपनी कोठामा झ्याल ढोका, टेबल, निशुल्क बितरण गरिने औषधि, विभिन्न जनतको रेकर्ड लगायतको कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने सबै समानको नष्ट हुदाँ औषधि, विभिन्न सामाग्री र भवनसहित करिब तीन करोडको क्षति भएको मेयर सुरथ पुरीले जानकारी दिएका छन् ।
हेर्नुस् तस्वीरहरु :

वि.सं.२०८२ असोज १ बुधवार २२:३३

















