सिम्रौनगढको नयाँ प्रमुख प्रशासकीय अधिकृत राधा ज्ञवालीले गरिन् पदभार ग्रहण
वि.सं.२०८२ असोज २८ मंगलवार २०:४९
1.3K
shares

बारा–बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव राधा ज्ञवालीले मंगलबार पदभार ग्रहण गरेकी छिन् ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई नगर प्रमुख किशोरी साह कलवारले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु सहभागि थिए ।
प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाको सरुवा भएपछि उपसचिव ज्ञवाली सिम्रौनगढ आएकी हुन् ।

वि.सं.२०८२ असोज २८ मंगलवार २०:४९

















