skip this

वडा अध्यक्ष गुरुङको गुनासो-`जनताको हितमा काम गर्दा बदनाम गर्ने प्रयास भयो´

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिका–१४ की वडा अध्यक्ष चयन गुरुङले वातावरण संरक्षण र राजस्व चुहावट रोक्नका लागि गरिएको आफ्नो प्रयासका बाबजुद पनि केही कार्यकर्तामार्फत बदनाम गर्ने प्रयास गरिएको गुनासाे गरेकी छिन्।

गुरुङले भनिन्, “वातावरण जोगाउन र राजस्व चुहावट रोक्नका लागि म रातदिन नभनी खटिएँ । धन्यवाद पाउने आशा गरेकी थिएँ, तर उल्टै नहुने नहुने भनेर कमेन्ट गराइयो । त्यो जनताले स्पष्ट रूपमा मूल्याङ्कन गरेका छन् ।”

हालका दिनमा खोला व्यवस्थापन र बालुवा उत्खननसम्बन्धी विवाद सतहमा आएको सन्दर्भमा उनले स्पष्ट पार्दै भनिन्, “खोला बन्द भएको बेला बालुवा निकाल्न मैले कहाँ रोकेको छु ? मेयर राजन पौडेलले रोकेको हो ।”

गुरुङले आफूले जनताको हितमा गरिरहेको कामलाई राजनीतिक रूपमा बदनाम गर्न खोजिएको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाएकी छन् ।

उनले थपिन्, “म जनताकै पक्षमा छु, विकास र पारदर्शितामाथि सम्झौता गर्न सक्दिन ।”

खाेला ठेक्का नलगाईएकाे विषयमा वडा अध्यक्ष गुरुङले मेयर पाैडेल लक्षित स्टाटस् लेखेपछि वडा अध्यक्ष गुरुङकाे आलोचना भएको थियाे ।

nijgadh-supermart-adz1200-630