skip this

निजगढमा एक वृद्ध बेपत्ता, परिवारले सहयोगको आग्रह

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-०निजगढ नगरपालिका–६ भमरा टोलका रामशरण राउत हिजो मिति २०८२/०७/२७ गते साँझ ४ बजेदेखि बेपत्ता भएका छन्। घरबाट निस्किएपछि उहाँसँग सम्पर्क हुन नसकिरहेको परिवारजनले जानकारी दिएका छन्।

परिवार तथा स्थानीयवासीले रामशरण राउतलाई कतै देख्नुभएको वा भेट्नुभएको खण्डमा तुरुन्तै खबर गरिदिन सबैलाई आग्रह गरेका छन्।

बेपत्ता राउतलाई फेला पार्न सहयोग पुर्‍याउने उद्देश्यले निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । ९८०४८२७९१०। साथै, नजिकको प्रहरी कार्यालयमा जानकारी दिन पनि अनुरोध गरिएको छ।

परिवारले उहाँको सुरक्षित फिर्तीका लागि सबैको सहकार्य अपेक्षा गरेको छ।

nijgadh-supermart-adz1200-630