skip this

कोल्हवी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत, उपसचिव रमेश श्रेष्ठले सम्हाले कार्यभार

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-कोल्हवी नगरपालिकामा नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव रमेश श्रेष्ठले औपचारिक रूपमा हाजिरी गर्दै कार्यभार सम्हाल्नुभएको छ ।

नगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जिम्मेवारी ग्रहण गर्नुभएको हो । हाजिरी कार्यक्रममा नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी चौधरीसहित नगरपालिकाका कर्मचारीहरूले उहाँलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले नगरपालिकाको प्रशासनिक सुदृढीकरण, विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। उहाँले श्रेष्ठको दीर्घ प्रशासनिक अनुभव र नेतृत्व क्षमताले नगरपालिकाको सुशासन र विकास प्रक्रियामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यसअघि कोल्हवी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल लालबन्दी नगरपालिका सरुवा भएका थिए ।

nijgadh-supermart-adz1200-630