बारा–४ मा नेकपाबाट जेन–जी उम्मेदवार : राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाह मैदानमा
वि.सं.२०८२ माघ ५ सोमवार १४:३५
951
shares

बारा-प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा क्षेत्र नं. ४ को प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीले जेन–जी उमेरका युवालाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहले राष्ट्रिय स्तरमा बास्केटबल खेलमार्फत पहिचान बनाएका छन ।
उनी अनुशासन, नेतृत्व क्षमता र युवामैत्री सोचका कारण राजनीतिक क्षेत्रमा पनि आशा र भरोसाको पात्र बनेका छन्।
खेल जीवनबाट प्राप्त अनुभव, इमान्दारिता र राष्ट्रप्रतिको समर्पणलाई राजनीतिमा उपयोग गर्दै बारा क्षेत्रको समग्र विकास, युवाको सशक्तीकरण र सुशासनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूले उनको उम्मेदवारीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
वि.सं.२०८२ माघ ५ सोमवार १४:३५
















