skip this farak Kura Pravakar

सुनको भाउ ३०० रुपैयाँले घट्यो

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै आज आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

nijgadh-supermart-adz1200-630