skip this farak Kura Pravakar

भवानी न्यौपाने भावनाका कविता : पछि

240 shares
oil-nigam-amlekhgunj-adv.jpeg

फुलेको फूल ओइलाएर जान्छ
जिन्दगी सेतै फुलेर बूढो हुन्छ
सानो विरुवा ठुलो रुखमा परिणत हुन्छ
एउटा बालक तन्नेरी हुन्छ
पिच गरेको ताजा सडक भत्किएर दयनीय हुन्छ
नयाँ घर पुरानो हुन्छ
लगाएका कयौं थान कपडा गलेर जान्छन्

कठै !
जिन्दगी पनि त अन्त्य हुन्छ
वर्तमान कथा बन्छ
भविष्य परिपक्वताको भोगाइ बन्छ
कयौं मूलहरूको पानी सुक्छ
आफ्नै छिमेकी बिरानो हुन्छ
मृत्यु बिर्सेकाहरूको पनि अन्त्य हुन्छ
सतिसाल झैँ जिन्दगी सेतै फुल्छ

छिमेकीको भर्खरै जन्मेको बच्चा वृद्ध हुन्छ
दिन ढल्दै जान्छ
रात बित्दै जान्छ
आखिर जीवन ओइलिदै जान्छ
थाहै नपाई सुटुक उड्छ
आखिर घमण्ड र चतुर्‍याइँ पनि त अन्तिममा
चितामा जान्छ र खरानी हुन्छ ।

-तुलसीपुर, दाङ

nijgadh-supermart-adz1200-630