शैलुङमा नयाँ वर्षको अवसरमा विशेष रुद्री आयोजना हुने
वि.सं.२०८२ चैत २४ मंगलवार ११:१८
606
shares

दोलखा— नयाँ वर्ष २०८३ को अवसर पारेर दोलखाको प्रसिद्ध धार्मिक स्थल शैलुङमा विशेष रुद्री कार्यक्रम आयोजना गरिने भएको छ। कालापानी बजार व्यवस्थापन समितिको आयोजनामा २०८३ साल वैशाख १ गते उक्त धार्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत शैलुङमा अवस्थित शैलुङेश्वर महादेव तथा आराध्यदेव भिमेश्वरको तरवार (शिला) मा विशेष पूजा–आराधना तथा रुद्री पाठ गरिनेछ। यस अवसरमा देशभरका भक्तजनहरूलाई उपस्थित भई पुण्य लाभ लिन आयोजकले हार्दिक अनुरोध गरेको छ।
स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने तथा सांस्कृतिक महत्व झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
वि.सं.२०८२ चैत २४ मंगलवार ११:१८

















