उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा चैत २८ मा काठमाण्डौमा हुने
वि.सं.२०८२ चैत २३ सोमवार १८:४८

काठमाडौं– उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा चैत २८ मा काठमाण्डौमा हुने भएको छ ।
समितिले एक औपचारिक सूचना जारी गर्दै चैत २८ गते शनिबार बिहान ११ः३० बजे बत्तीसपुतलीस्थित होटल तपसमा आयोजना गरिन लागेको जनाएको छ ।
कार्यक्रममा संस्थाका वार्षिक गतिविधिहरूको समीक्षा, आगामी कार्ययोजना तथा विविध संस्थागत विषयहरूमा छलफल गरिने छ ।
सोही अवसरमा नववर्ष २०८३ को भित्तेपात्रो (क्यालेन्डर) तथा विभिन्न प्रकाशनहरूको संयुक्त रूपमा लोकार्पण गरिनुका साथै उपस्थित सदस्यहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरिने अध्यक्ष शोभित उप्रेतीले जानकारी दिएका छन् ।
समितिका अध्यक्ष शोभित उप्रेती र महासचिव लक्ष्मण प्रसाद उप्रेतीद्वारा जारी निमन्त्रणा पत्रमा उप्रेती वंशज सदस्यहरूलाई समेत कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ । सम्पूर्ण आजीवन सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको सचिव बलराम उप्रेतीले जनाएका छन् ।
वि.सं.२०८२ चैत २३ सोमवार १८:४८
















