skip this farak Kura Pravakar

रामनवमीको अवसरमा श्री बकैयाधाममा सञ्चालित रामकथाको आयव्यय सार्वजनिक

246 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–श्री रामनवमीको अवसरमा निजगढ–८ स्थित श्री बकैयाधाममा सञ्चालित श्रीराम चरित मानस पाठ परायण तथा संगीतमय श्रीराम कथा महोत्सव २०८२ को आय व्याय सार्वजनिक गरिएको छ ।

श्री रामनवमी सेवा समितिको आयोजना तथा सप्तऋषि धर्मशाला सेवा समितिको व्यवस्थापनमा आयोजित रामकथाबाट संकलित दान रकम तथा खर्चबारे पत्रकार सम्मेलन गरेर जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा श्री रामनवमी सेवा समितिका अध्यक्ष श्यामबाबु साहले रामकथाबाट एक लाख ८५ हजार १८ रुपैया आम्दानी भएको जानकारी दिएका छन् ।

त्यसैगरि रामकथा सञ्चालनमा एक लाख १८ हजार ४ सय खर्च भएको छ ।

पूर्व घोषित उद्देश्य अनुसार धर्मशालाको शौन्दर्यकरणका लागि रङ्गरागन, विजुलीबत्ती लगायतका कार्य गरिने अध्यक्ष साहले बताएका छन् । उनले त्यसका लागि आवश्यक पर्ने खर्च नपुग्ने भएकाले सहयोगी, मनकारी दाताहरुलाई पेन्ट, विद्युतीय सामाग्री सहयोग गर्न अपील गरेका छन् ।

यता धर्मशाला सेवा समितिका अध्यक्ष विष्णु नेपालले सबैको सहयोगले धर्मशाला एवं मन्दिरको विकास हुने भन्दै रामकथा सञ्चालन गरेर संकलित दान रकमबाट थोरै भएपनि सहयोग पुगेको भन्दै आयोजक तथा दाताहरुलाई धन्यवाद व्यक्त गरिन् ।

अध्यक्ष नेपालले धर्मशालामा शिव मन्दिर बनाउने योजना रहेको भन्दै त्यसका लागि सहकार्य गर्न समेत आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा धर्मशाला समितिका गणेश राजभण्डारी, रामप्रसाद ओझा, रामनवमी समितिका भोला साह, रुपेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630