skip this

शारिरीक अशक्त युवक विकास मोक्तानलाई पेमा लामाद्वारा २५ हजार रुपैयाँ सहयोग

150 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा जिल्लाको जितपुर उपमहानगर नगरपालिका पर्ने अन्तर्गत पर्ने टाँगिया बस्तीका अशक्त युवक विकास मोक्तानलाई निजगढ निवासी पेमा लामाले २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

शारीरिक रूपमा अशक्त रहेका मोक्तानको दैनिकी तथा जीवनयापनमा केही राहत पुग्ने उद्देश्यले लामाले उक्त रकम सहयोग गरेको बताइएको छ। सहयोग रकम हस्तान्तरण गर्दै लामाले समाजमा रहेका असहाय, अपाङ्ग तथा विपन्न व्यक्तिहरूलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उल्लेख गरे।

सहयोग प्राप्त गरेपछि विकास मोक्तानले पेमा लामा तथा सहयोगमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्। स्थानीयवासीहरूले पनि पेमा लामाको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता सहयोगी अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।

टाँगिया बस्तीमा बसोबास गर्दै आएका मोक्तान आर्थिक तथा शारीरिक समस्यासँग संघर्षरत रहेका छन्। प्राप्त सहयोगले उनको दैनिक जीवन सञ्चालनमा केही सहजता हुने अपेक्षा गरिएको छ।

nijgadh-supermart-adz1200-630