skip this

तराई–मधेश फाष्टट्रयाकमा सवारी दुर्घटनामा बाराका २१ वर्षिय इन्जिनियरसहित दुई जनाको मृत्यु

78 shares
oil-nigam-amlekhgunj-adv.jpeg

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) क्षेत्रमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

भीमफेदी गाउँपालिका–८ बैदमारस्थित फास्ट ट्र्याक सडक खण्डमा माण्डु हाइड्रोपावरतर्फबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप भ्यान सडकबाट करिब १०० फिट तल खोलामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए। उनीहरूलाई नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो।

प्रहरीका अनुसार बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक थिए भने यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए। दुर्घटना बुधबार राति करिब साढे १० बजे भए पनि दुर्गम भूगोल र कठिन उद्धारका कारण उनीहरूलाई बिहीबार बिहान मात्रै अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।

फास्ट ट्र्याक निर्माण क्षेत्रमा कार्यरत एक इन्जिनियर र आयोजनासँग सम्बन्धित चालकको ज्यान जाने गरी भएको यो दुर्घटनाले आयोजनामा संलग्न कर्मचारी तथा स्थानीयवासीलाई स्तब्ध बनाएको छ। राष्ट्रिय महत्वको परियोजनामा काम गरिरहेका दुई जनाको असामयिक निधनले शोकको वातावरण सिर्जना गरेको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

 

nijgadh-supermart-adz1200-630