skip this

मान्छे आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जुम्ला : बजार पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ। बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी‚ नेपाली सेना, सशस्त्र प्रहरी बल‚ डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो।
नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन्।
जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहीबार बिहान भालुले आक्रमण गर्दा चन्दननाथ नगरपालिका–५ कार्कीवाडाका हिमराज रोकाया र उनकी पत्नी निर्मला लाई घाइते भएका छन्।
बिहान ४ बजे धारामा नुहाउन जाँदा उनीहरुलाई भालुले आक्रमण गरेको हो। यस्तै‚ साढे ९ बजे चन्दननाथ–४ का २५ वर्षीय आशीष सार्कीलाई पनि आक्रमण गरी घाइते बनाएको छ। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीका अनुसार भालुलाई जंगलतिर लखेट्न खोज्दा बजार पसेर आतंक मच्चाएको बताए। भालु हिंस्रक प्रकारको रहेको उनको भनाइ छ।

nijgadh-supermart-adz1200-630