skip this

भोजपुरमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका–१२ चौतारामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन तामाङ रहेका छन् ।

टक्सारबाट गुम्बातर्फ जाँदै गरेका मे १ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट हिजो साँझ ६ बजे बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ भने दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

nijgadh-supermart-adz1200-630