जीतपुरसिमरा उपमहानगरका तत्कालिन वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८० माघ २४ बुधवार २०:३६

काठमाडौं-बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नम्बर ३ का तत्कालिन वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ५ लाख घुस लिएको पुष्टि हुन आएकाले वडाअध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए ।
कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेकोले उनलाई बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१०) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत माग गरेको अख्तियारले जनाएको छ।
यसअघि सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि अख्तियारले कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जीतपुरसिमरा वडा नं. ३ का वडा अध्यक्ष कार्की अख्तियारको फन्दामा (भिडियोसहित)

वि.सं.२०८० माघ २४ बुधवार २०:३६