skip this

सिरहाको गोलबजारको इनारमा एक पुरुषको शव फेला

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिका–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ।

शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा शव पनि देखिएको हो । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भइरहेको छ।इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

nijgadh-supermart-adz1200-630