आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, सभामुखबारे निर्णय गरिने
वि.सं.२०७९ माघ ४ बुधवार ०९:५४
912
shares

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । प्रतिनिधिसभा सभामुखको मनोनयन दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागको हो । बैठक केही बेरमा सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
आज विहान ९ बजेका लागि बैठक आव्हान भए पनि अहिलेसम्म बैठक शुरु नभएको र केही बेरमा बैठक शुरु हुने महामन्त्री शर्माले बताएका छन् । संघीय संसद सचिवालयले आज १ बजेदेखि ४ बजेसम्ममा सभामुखको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । बैठकबाट मनोनयन दर्ता गर्ने या नगर्ने विषयमा आज निर्णय हुने गरिने छ ।
वि.सं.२०७९ माघ ४ बुधवार ०९:५४

















