डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी
वि.सं.२०७९ जेठ २० शुक्रवार ०९:२७
1.2K
shares

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् ।
आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।
वि.सं.२०७९ जेठ २० शुक्रवार ०९:२७
















