आज नेकपा एमालेको सचिवालय बैठक बस्दै, यि बिषयमा हुँदैछ छलफल
वि.सं.२०७९ वैशाख ५ सोमवार ०७:४२
1.2K
shares

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भएको छ ।
सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।
वि.सं.२०७९ वैशाख ५ सोमवार ०७:४२

















