एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, नयाँ सरकारबारे छलफल गर्ने
वि.सं.२०७९ पुस ४ सोमवार ०८:५६
954
shares

काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो।संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो।
एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुने सम्भावना छ।साथै आइतबार एकीकृत समाजवादीले सचिवालय बैठक गरेको थियो। विचार मिल्ने दलहरूसँग एकतावद्ध भएर जाने विषयमा उक्त बैठकमा छलफल भएको थियो।
वि.सं.२०७९ पुस ४ सोमवार ०८:५६

















