skip this yams_Max_Hospital.jpeg

‘सम्पर्कविहीन’ सशस्त्र प्रहरीका निरीक्षकलाई सेवाबाट हटाउन ७ दिने सूचना

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ -सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ । गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो ।

त्यसका लागि गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ ।

सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ ।

nijgadh-supermart-adz1200-630