skip this yams_Max_Hospital.jpeg

बिचौलियाको मनपरीलाई रोक्न म आजबाटै एक्सनमा जान्छु : कृषिमन्त्री ज्वालाकुमारी साह (संवाद)

5.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं-सरकारले कृषि क्रान्तिकाे चर्चा गरिरहदा किसान भने आफ्नो उत्पादन सडक फ्याकेर विराेधमा उत्रिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ के गृह जिल्ला चितवनका किसानले तरकारीको मुल्य नपाएको आक्राेशमा आन्दोलन गरे । यसपछि प्रधानमन्त्री प्रचण्डले
कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई किसानको समस्या समाधान गर्ने गरि छलफल गरेर याेजना बनाउन निर्देशन दिए । चितवनमै रहेकी मन्त्री साहले किसान र सराेकारवालासंग छलफल गरेर फर्केकि छिन् । यसै सन्दर्भमा मन्त्री साहसंग गरिएको कुराकानी :

किसानले सडकमा आफ्ना उत्पादन फाल्न बाध्य हुने अवस्था आउनुलाई कसरी हेर्नुभएको छ ?

-यसलाई मैले गम्भीर रूपमा लिएको छु । यसलाई नियन्त्रण गर्न बाहिरको आयात रोक्ने प्रयासमा लागेको छु । ठाउँ–ठाउँमा ल्याब राखेर चेकजाँचमा कडाइ गर्ने तयारीमा छु । अर्कोे कुरा, कृषि उत्पादनका हिसाबले अगाडि रहेको चितवनवासी कृषकको समस्यालाई विशेष ध्यानमा राखेर समाधान गर्नतिर केन्द्रित हुँदै छु ।

चितवनका किसानले तरकारीको मुल्य नपाएको आक्राेशमा सडकमा तरकारी फ्याकेर विरोध ।

किसानले उत्पादनको मूल्य नपाउने, उपभोक्ताले चर्को मूल्यमा खरिद गर्नुपर्ने तर बिचौलिया सधैँ मालामाल हुने स्थितिको अन्त्य कहिले होला ?

-यो हाम्रो गम्भीर समस्या हो । यसको नियन्त्रण गरेरै छाड्ने हो । बिचौलियाका हकमा मापदण्ड बनाएर काम गर्ने तयारीमा छौँ । यो विषयमा आइतबारदेखि नै छलफल चलाउँदै छु । त्यसपछि बिचौलियाले जथाभावी मूल्य राख्ने अवस्था हुँदैन । एउटा मापदण्ड बन्छ र त्यो मापदण्डमा बाँधिएर मात्रै बिचौलियाले काम गर्ने अवस्था बन्छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह ।

कृषकको स्थिति यस्तो छ, अनि सरकार कृषिक्रान्तिको सपना देखिरहेको छ । सम्भव होला ?

-चुनौती पनि उत्तिकै छ । कृषिक्रान्ति गर्न सहज अवस्था मैले देखिरहेको छैन । परिस्थिति नाजुक नै छ । अर्थतन्त्र पनि अप्ठ्यारो अवस्थामा छ । देशको आर्थिक अवस्था सुधार गर्न अर्थमन्त्री पनि दिनरात लागिरहनुभएको स्थिति छ । हामी एउटा न एउटा निकासमा जान्छौँ । ढुक्क हुनुस्, कृषकको समस्या समाधान गर्न र बिचौलियाको मनपरीलाई रोक्न म आजबाटै एक्सनमा जान्छु । यत्तिकै बस्नेवाला छैन ।

-नयाँ पत्रिकामा प्रकाशित

nijgadh-supermart-adz1200-630