१० महिनापछि निजगढ नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत
वि.सं.२०८० पुस २३ सोमवार २०:०९

बारा–निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका उपसचिव अजय वर्तौलाले सोमबार पदभार ग्रहण गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पौष ५ गतेको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव वर्तौलालाई नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा स्वागत गर्दै परिचयात्मक कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा, अधिकृत अजयकुमार उप्रेती, सूचना अधिकारी रविन घिमिरे, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले स्वागत गरेका थिए ।
२०७९ फागुन ३ गतेको निर्णयानुसार निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी ११ फागुनमा सरुवा भएर आएका उपसचिव राजमणि निरौलाको १० महिनापछि मन्त्रालयमा सरुवा भएको थियो । उनी १८ पुसमा रमाना बुझेर काठमाण्डौ लागेका थिए ।


वि.सं.२०८० पुस २३ सोमवार २०:०९
















