skip this

आर्थिक विकासमा सबै एक ठाउँमा हुनुपर्छ ––जनार्दन शर्मा

327 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निजी क्षेत्र आर्थिक विकासको एउटा पांग्रा भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को छैटौँ महासभामा बोल्दै मन्त्री शर्माले निजी क्षेत्रलाई निराश नहुन आग्रह गरे ।

उनले निजी क्षेत्रलाई सरकारले विभेद नगरेको र आर्थिक विकासमा सबै एक ठाउँमा हुनुपर्ने बताएका छन् । उनले नीतिगत सुधार के गर्नुछ, त्यो गर्दै जानुपर्ने र निजी क्षेत्र आर्थिक विकासको सहयात्री भएको जिकिर गरेका छन् । उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको भन्दै यसतर्फ निजी क्षेत्रले ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

nijgadh-supermart-adz1200-630