skip this

कंगोको राजधानी किन्शासामा बाढी र पहिरो, १२० जनाको मृत्यु

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी मध्य अफ्रिकी देश कंगोको राजधानी किन्शासामा कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ।कैयौं मानिस अझै बेपत्ता रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रधानमन्त्री जीन लुकोन्डोले जनाएका छन्।

बाढीका कारण किन्शासाका विभिन्न १२ क्षेत्रमा बसोबास गर्ने करिब एक करोड २० लाख मानिस प्रत्यक्ष प्रभावित भएको जनाइएको छ। बाढीका कारण घर तथा सडक डुबेका छन्। मोन्ट नागफुला जिल्लामा आएको पहिरोले राजधानी जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको छ।

nijgadh-supermart-adz1200-630