निजगढ ४ मा सञ्चालित ४५ दिने लेभल–१ को सिलाइ कटाई तालिम सम्पन्न

वि.सं.२०८१ असार २५ मंगलवार २२:०७

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।
एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।
निजगढ वडा नं. ४ बाट निर्वाचित भएकी कार्यपालिका सदस्य मिना चौरेलले छनौट गरेको ४५ दिने लेभल–१ को सिलाइ कटाई तालिम मंगलबार सम्पन्न भएको छ ।
निजगढ वडा नं. ४ का वडा अध्यक्ष बिसन सापकोटाको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा कार्यपालिका सदस्य मिना चौरेल, सर्मिला वि.क.को विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रमा वडा अध्यक्ष सापकोटा, कार्यपालिका सदस्य सर्मिला बि.क., मिना चौरेल, प्रशिक्षार्थी सजना न्यौपाने, सस्थाकी पुर्व अध्यक्ष कल्पना खरेल, बाघ भैरव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अमरलाल सिङ्तान लगायतले सम्बोधन गरेका थिए ।
यसैविच कार्यपालिका सदस्य चौरेलले आगामी कार्यपालिका लक्षित कोष मार्फत ६५ दिने लेभल –२ सिलाइ कटाइ तालिम राखेर वडाका दिदिबहिनीहरुलाइ सक्षम बनाउने प्रतिबद्धता गरेकी थिईन् ।
महिला विकास केन्द्र निजगढकी अध्यक्ष चन्दा लामाको अध्यक्षतामा भएको कार्यक्रमको संचालक संस्थाकी सह सचिव उषा लामा मोक्तान, स्वागत सदस्य प्रमिला नेपालले व्यक्त गरेकी थिईन् ।
२ लाख ७५ हजार बजेटमा आयोजना गरिएको तालिममा २५ जना महिला सहभागि थिए ।
कार्यपालिका लक्षित कोषबाट मिनाले गराईन् संगितदेखि सिलाई कटाई तालिम र विद्यार्थीलाई ट्रयाकसम्म

वि.सं.२०८१ असार २५ मंगलवार २२:०७