skip this

कर्णाली प्रदेशको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको आरोप

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आर्थिक वर्ष २०७९– ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हावी भएको बताइन । ुहामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा बजेटमाथिको छलफलमा उनले विधिमा सरकार चल्न मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाइन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् । आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्णा शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायलाइ बधाइ दिइन् । अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परीपार्टीले गर्दा समस्य उत्पन्न भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630