skip this hetauda tech

१ लाख फिरौती नदिँदा १८ वर्षीय युवकको विराटनगरमा हत्या

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको छ । हत्या हुनेमा सिरहा गोलबजार घर भएका अंशु सदा रहेका छन् । सदालाई अपहरण गरेर विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ ।

अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर भाग्ने कोसिसमा थिए ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।

 

nijgadh-supermart-adz1200-630