skip this

संविधानको रक्षा र विकासको गति बढाउन गठबन्धन गरिएको हो –अर्जुननरसिंह केसी

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लोकतान्त्रिक बाम गठबन्धन संविधानको रक्षा र विकासको गति बढाउनको लागि गरिएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको भनाई छ । बिदुर नगरपालिकास्थित नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा नेता केसीले विरोधिको विचार सुरक्षित गर्न सत्ता गठबन्धन आवश्यक रहेको जिकिर गरेका छन् ।

नेता केसीले कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने बताएका छन् । ​जनतासामु आफ्नो स्पष्ट योजना लिएर अगाडि बढ्नुपर्ने केसीको भनाई छ । नुवाकोट २ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रहेका केसीले कुनै व्यक्ति जित्न नभइ राष्ट्र हितका लागि गठबन्धन गरिएको जिकिर गरेका छन् ।

nijgadh-supermart-adz1200-630