कैलाश दाहालको नेतृत्वमा अनेरास्ववियु निजगढ नगर कमिटी गठन

वि.सं.२०८१ चैत १७ आइतवार १६:०३

निजगढ–नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु निजगढ नगर कमिटी गठन भएको छ ।
निजगढ–४ गणेशमानपार्कमा भएको विद्यार्थीको बृहतभेलाले कैलाश दाहालको अध्यक्षतामा नगर कमिटी गठन भएको हो ।
अनेरास्ववियु निजगढ नगर कमिटीको दोश्रो अधिवेशनबाट पछि तीन जना थप गर्ने गरि ३५ सदस्यीय नगर कमिटी र पछि एक जना थप गर्नेगरी पाँच सदस्यीय सल्लाहकार कमिटी गठन गरेको हो ।
विद्यार्थी नेता नसुद हवारीको अध्यक्षतामा भएको भेलाले नबगठित कमिटीको उपाध्यक्ष रिमा गौतम, निर्भीक तिमल्सिना, युवराज मैनाली, सचिव कुसुम राउत, सहसचिव मोनिका घिमिरे, सुशिला अधिकारी, सारिका सुनार, कोषाध्यक्ष अमित लामा सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्य सुहाना श्रेष्ठ, गरिमा सापकोटा, सन्ध्या चौलागाई, मार्सल खतिवडा, निश्चल दवाडी, स्वस्तिका घलान, गणेश पण्डीत, गायत्री खाड्का, निकीता गौतम, धनकुमारी तिमल्सिना, प्रतिक्षा चौलागाई, मन कुमारी थापा, पुष्पा वजगाई, करिना खतिवडा, स्वस्तीक गौतम, प्रजिता घिमिरे, आर्यन अधिकारी, अमिन खत्री, नेहा कुमर, नेहा कुमारी ठाकुर, सचिना तिमल्सिना, छिसाल्मो डोल्मो लामा, समृता श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै नसुद हवारीको संयोजकत्वमा सल्लाहकार कमिटी चयन भएको छ । जसको सदस्यमा एवन न्यौपाने, शुसान्त अर्याल, रुपक अधिकारी छन् ।
अधिवेशनमा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, नेकपा (एमाले) निजगढ नगर कमिटीका ईचार्ज लिलादेवी लामिछाने खनाल, जिल्ला सदस्य सरिता सापकोटा लगायत अनेरास्ववियूका विभिन्न तहका नेताहरु सहभागि थिए ।

वि.सं.२०८१ चैत १७ आइतवार १६:०३