skip this

धनुषाका तत्कालिन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा

996 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार भएको अख्तियारको आरोप छ । सो कार्यमा संलग्नलाई कारवाहीको मागका सम्बन्धमा अनुसन्धान हुँदा साविक भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेको जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको फेला परेको अख्तियारको दाबी छ ।

सोही कारण उनीहरूले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले विशेष अदालत, काठमाण्डौँमा बुधबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

nijgadh-supermart-adz1200-630