संविधानलाई संशोधन गर्दै पूर्णता दिनुपर्ने बाबुराम भट्टराईको भनाई
वि.सं.२०७९ असोज ३ सोमवार १७:०६
1.09K
shares

काठमाडौं । संविधानलाई संशोधन गर्दै पूर्णता दिनुपर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्।संविधान दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै उनले संविधानको सकारात्मक उपलब्धि रक्षा गर्दै यसका अपूर्णतालाई पूर्णता दिन संविधान संशोधन गरिनुपर्ने बताएका छन्।
भट्टराईले ‘विद्यमान संविधानले सम्बोधन गर्न नसकेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदसहितको शासकीय स्वरूप जस्ता महत्वपूर्ण कुराहरूलाई संविधान संशोधनमार्फत पूर्णता दिनुपर्ने बताएका छन् ।
वि.सं.२०७९ असोज ३ सोमवार १७:०६
















