विशिष्टको सवारीमा डाक्टर कुटिनु निन्दनीय काम हो, दोषीलाई कारबाही होस् –ऊर्जा राज्यमन्त्री सिंह
वि.सं.२०७९ माघ २८ शनिवार १२:४०

काठमाडौं । विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम भएको ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै राज्यमन्त्री सिंहले जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक सङ्कुचित गर्न नहुने बताएका छन् । ऊर्जा राज्यमन्त्री सिंहले शुक्रवार भएको राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीले वीर अस्पतालका डाक्टर कुटिएकोमा चासो व्यक्त गर्दै दोषीलाई कारबाहीको समेत माग गरेका छन् ।
ऊर्जा राज्यमन्त्री सिंहले सामाजिक सञ्जालमा लेखेका छन् , भनेका छन्– ‘जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक, यो या त्यो बहानामा सङ्कुचित हुन हुँदैन । विशिष्टको सुरक्षा प्रत्याभूत गर्ने गराउने क्रममा जनताले दुःख पाउनु व्यवस्थापकीय कमजोरी हो । प्रशासनले बिनाकारण त के, कारणनै भए पनि जनताको आत्मसम्मानमा ठेस पुर्याउने भौतिक कारबाही गर्नु हुँदैन । सुरक्षा निकायले सबै तह र तप्कामा यो संवेदनशीलता पुर्याउन जरुरी छ । डाक्टर साहब कुटिनु, निन्दनीय काम हो, दोषीलाई कारबाही र नसिहत दिँदै अब उपरान्त यस्तो घटना हुन नदिन सबै पक्षलाई अनुरोध गर्दछु ।’
वि.सं.२०७९ माघ २८ शनिवार १२:४०

















